You are here
Home > प्रशासन > एकाविहानै घुस लिँदै गर्दा सहन्यायाधिवक्ता अख्तियारको फन्दामा

एकाविहानै घुस लिँदै गर्दा सहन्यायाधिवक्ता अख्तियारको फन्दामा

२४ आश्विन २०७५, बुधबार ११:१३

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गर्दा सहन्यायाधिवक्तालाई पक्राउ गरेको छ । आयोगको पोखरास्थित कार्यालयबाट खटिएको कर्मचारीको टोलीले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई पाँच लाख रुपैयाँसहित घुस लिँदै गर्दा पक्राउ गरिएको हो ।

बुधबार बिहान पौने ९ बजे उच्च सरकारकी वकिलको कार्यालयमा कपिलवस्तुका रामकुमार टण्डनले पैसा दिँदै गर्दा उनी पक्राउ परेका हुन्।

सहन्यायाधिवक्ता थापाले टण्डनका छोरा अनुपमलाई ठगीको मुद्दामा नपक्रिने व्यवस्था मिलाउँछु भन्दै पैसा मागेका बताइएको छ।

  • 30
    Shares