You are here
Home > अर्थ/बजार > आइजिपी खनालद्धारा प्रहरी निरीक्षक सिताराम हाछेथुको प्रशंसा

आइजिपी खनालद्धारा प्रहरी निरीक्षक सिताराम हाछेथुको प्रशंसा

२४ आश्विन २०७५, बुधबार ११:४१

काठमाडौं-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ललितपुर ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथुको प्रशंसा गरेका छन्।

ललितपुर ट्राफिक प्रहरीको नयाँ भवन उद्घाटन गर्दै महानिरीक्षक खनालले सबै प्रहरी अधिकृतहरुलाई हाछेथुले जस्तै काम गर्न निर्देशन दिएका छन्।

अहिले प्रहरी संगठनमा निलम्बन र कारबाही चलिरहेको बेला हाछेथुले प्रशंशनीय काम भन्दै प्रशंसा गरेका छन्। ललितपुरमा हाछेतुको सक्रियतामा २ करोड १६ लाखको लगानीमा नयाँ ट्राफिक प्रहरी कार्यालय बनेको हो।

१ सय ९८ जना नागरिकको सहयोगमा उक्त भवन निर्माण भएको हो भने यसको पहल हाछेथुले गरेका थिए। साथै आइजी खनालले प्रहरीमा व्यक्तिले गरेको गल्तीलाई लिएर संगठनकै बेइजत हुने गरेर नबोल्न समेत आग्रह गरेका छन्।

  • 120
    Shares