You are here
Home > प्रशासन > भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछोड्ने प्रमुख आयुक्त घिमिरेको दृढ़ता

भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछोड्ने प्रमुख आयुक्त घिमिरेको दृढ़ता

२४ आश्विन २०७५, बुधबार १२:४१

काठमाडौं-अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछोड्ने बताएका छन्। बुधवार आयोगको पोखरा कार्यालयको भवन शिलन्यास समारोहमा प्रमुख आयुक्त घिमिरेले सो कुरा बताएका छन्।

स्थानीय तहमा आर्थिक अनियमितता लगायतका विषयमा धेरै उजुरी पर्ने गरेको बताउँदै प्रमुख आयुक्त घिमिरेले संक्रमणकालीन समयका नाममा कसैलाई भ्रष्टाचार गर्ने छुट नभएको चेतावनी दिए।

कुनै पनि विकास निर्माणका काम गुणस्तरीय र पारदर्शी भएरनभएको, कानूनको पालना भए,नभएको लगायतका विषयमा अध्ययन अनुसन्धान भइरहेको उनले बताए।

नागरिकले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन सुशासन अपरिहार्य रहेको उनको भनाई थियो।
पोखरामा निर्माणाधीन कार्यालय भवनले यहाँबाट हुने आयोगको कामलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुर्याउने उनले बताए।

आयोगका सचिव महेश्वर न्यौपानेले संघीय संरचनाअनुरूप आयोगको केन्द्रसहित सबै प्रदेशमा भौतिक पूर्वाधारका साथै जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिए।

आयोगको पोखरा कार्यालयका प्रमुख काशीराज दाहालका अनुसार कूल १४ करोड ७२ लाख ३६ हजार रुपैयाँमा ठेक्का सम्झौता भई भवन निर्माणको काम अघि बढाइएको छ।

  • 7
    Shares