You are here
Home > समाचार > अमेरिकन पेस्तोलसहित युवक पक्राउ

अमेरिकन पेस्तोलसहित युवक पक्राउ

२४ आश्विन २०७५, बुधबार १४:५८

वीरगन्ज- पर्साको ग्रामिण क्षेबाट पर्सा प्रहरीले स्वाचालित पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ । पर्साको पटेर्वासुगौली गाँउपालिका–४ फरदवाबाट प्रहरीले एक थान पेस्तोल सहित २५ वर्षीय मनोज पाशवानलाई पक्राउ गरेको हो ।

फरजदवामा रहेको भलुवही खोलाको बगरबाट चेकजाँच गर्नेक्रममा पाशवानलाई मेडईन युएसए लेखिएको स्वाचालित पेस्तोल र सोमा प्रयोग हुँने एक थान म्यागजिन सहित मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए।

सुगौली गाउबाट निचुटा तर्फ जाँदै गरेका पाशवनमाथि शंकालागि चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि अवस्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएकोसुचना अधिकृत थापले बताए । पक्राउ  परेका पाशवानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ भने उनीमाथि हातहतियार तथा खर खजाना मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको  छ ।

  • 10
    Shares