You are here
Home > समाचार > रसिया पठाई दिने भन्दै ठगी गर्ने नुवाकोटका राजु तामाङसहित तीन पक्राउ

रसिया पठाई दिने भन्दै ठगी गर्ने नुवाकोटका राजु तामाङसहित तीन पक्राउ

२४ आश्विन २०७५, बुधबार १७:३१

काठमाडौं- रसियाको गाजेस्थानमा रहेको एक गाई फार्ममा काम लगाइदिन्छु भन्दै ३ जना व्यक्तिले ४५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको खुलासा भएको छ।

मासिक १ हजार अमेरिकी डलरभन्दा बढी आम्दानी ताथ खाना र बस्नको समेत व्यवस्था भएको आश्वासन दिएर ४५ जना नेपालीबाट ३ जनाले ४५ लाख बढी ठगी गरेका हुन् ।

नुवाकोटको ओखरपौवा–६ घर भएका राजु तामाङ, ललितपुरको सौगल घर भएका ७२ वर्षीया ज्ञान गोविन्द वैध र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घर भएका जगत बहादुर श्रेष्ठले रसियामा काम लगाइदिने भन्दै ४५ जना सर्वसाधारणलाई ठगेका हुन् ।

पीडित व्यक्तिको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले तीनै जनालाई पक्राउ गरेको छ । सिआईबीले गरेको अनुसन्धानका क्रममा नुवाकोटका राजु तामाङले रसियामा आफ्नै गाई फार्म रहेको भन्दै पीडितबाट १ देखि २ लाख रुपैयाँ उठाएका थिए ।

सम्पूर्ण खर्च ८–९ लाख रुपैयाँ लाग्ने भनेर उनले पीडित व्यक्तिबाट अग्रिम खर्च भनेर १ देखि २ लाख रुपैयाँ असुल गरेको सिआईबीले जनाएको छ ।

यस्तै ललितपुरको सौगल बस्ने ७२ वर्षीय ज्ञान गोविन्ध वैधले राजु लामाबाट लेटर अफ् एटोर्नी आएको भन्दै पीडितबाट पैसा उठाएका थिए । यस्तै सिन्धुपाल्चोकका जगत बहादुर श्रेष्ठले सिन्धुपाल्चोकलगायत जिल्लाबाट सोझा–साझा व्यक्तिलाई फकाएर पैसा उठाएका सिआईबीको अनुसन्धानबाट फेला परेको छ ।

  • 8
    Shares