You are here
Home > समाचार > बर्दी लगाएका प्रहरी अधिकृत नै अनुसन्धानका विज्ञ हुन्ः आईजिपी खनाल

बर्दी लगाएका प्रहरी अधिकृत नै अनुसन्धानका विज्ञ हुन्ः आईजिपी खनाल

२५ आश्विन २०७५, बिहीबार ११:३१

काठमाडौं-नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले संगठनमा बर्दी लगाएका प्रहरी अधिकृत नै अनुसन्धानका विज्ञ रहेको बताएका छन्। उनलेदुई जना प्रहरीको असफलतालाई सिंगो संगठनको असफलता भन्न नमिल्ने बताए ।

‘संगठनको बर्दी लगाएकाप्रहरी अधिकृत नै अनुसन्धानका विज्ञ हुन्,’ खनालले भने, ‘अनुसन्धानको समयसीमा तोक्न सकिँदैन । अनुसन्धानको लागि धैर्यता पनि प्रदर्शन गर्नुपर्छ ।’

६३ औँ प्रहरी दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै खनालले यसरी एउटा मुद्दामा पूरै प्रहरी संगठनलाई जोड्दा इमान्दार समेत हराउँदै जाने बताए।

उनले अपराधको अनुसन्धानमा कति समय लाग्छ भने तोक्न नसकिने आइजीपी खनालले बताए ।

तर, प्रहरी एक्लैले मात्रै समाजमा अपराध निर्मूल पार्न नसक्ने भन्दै आइजीपी खनालले यसमा स्थानीय जनता एवं नागरिकहरुको समेत सहयोग चाहिने स्पष्ट पारे ।

उनको संकेत निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणतर्फ थियो । निर्मलाको बलात्कारी तथा हत्यारा पत्ता लगाउन नसक्दा यतिबेला सम्पूर्ण प्रहरी संगठन तथा सरकारसमेत दबाबमा रहेको छ ।

केही समयअघि सत्तारुढ दलकै विद्यार्थी संगठनका नेताहरुले गृहमन्त्री रामबहादुर थापा समक्ष आइजीपी खनाललाई बर्खास्त गर्न माग गर्दै ज्ञापन पत्र समेत बुझाएका थिए ।

उनले अघिल्लो वर्ष ९० प्रतिशत अपराधीहरु कानूनी दायरामा आएको तथ्य पनि प्रस्तुत गरे ।

उच्च हिमाली गाउँमा भाँडाका घरमा अक्सिजनसमेत अपुग भएको ठाउँमा प्रहरी दत्तचित भएर राष्ट्र सेवामा खटिरहेको भन्दै प्रहरीमाथि आशंका नगर्न खनालले आग्रह गरे । ‘विकासको महत्वपूर्ण साधन प्रहरी संगठन हृदयदेखि तयार छ,’ उनको भनाई थियो ।

इमान्दारीताको प्रशंसा

प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षकत्वमा नेपाल प्रहरी अगाडि बढिरहेको भन्दै खनालले प्रधानमन्त्रीले अघि बढाएको भ्रष्टाचारविरोधी अभियान नेपाल प्रहरीमा कार्यान्वयन हुने प्रतिवद्धता जनाए ।

साथै गृहमन्त्री रामबहादुर थापा बादलले अघि सारेको ८२ बुँदे गृहसुधार कार्ययोजनाका प्रहरीसँग सम्बन्धित बुँदाहरु कार्यान्वयन गरिने आइजीपी खनालले बताए ।

  • 889
    Shares