You are here
Home > समाचार > सैनिक इन्टेलिजेन्स शिक्षालयका प्रशिक्षार्थीद्धारा रासस अवलोकन

सैनिक इन्टेलिजेन्स शिक्षालयका प्रशिक्षार्थीद्धारा रासस अवलोकन

२५ आश्विन २०७५, बिहीबार १४:१७

काठमाडौँ-नेपाली सेनाको सैनिक इन्टेलिजेन्स शिक्षालय समूहका प्रशिक्षार्थीले आज राष्ट्रिय समाचार समिति केन्द्रीय कार्यालयको अवलोकन गरेको छ।

सेनाका क्याप्टेन शिञ्यान मोक्तान नेतृत्वमा आएको समूहले राससमा समाचार सङ्कलन, सम्पादन, तस्वीर तथा अडियो सम्पादन, अङ्ग्रेजी र अन्तर्राष्ट्रिय शाखाको सम्पादनका कामबारेमा जानकारी लिएको हो ।

सो अवसरमा राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससले राज्यको सत्य÷तथ्य, आधिकारिक, विश्वसनीय समाचार प्रवाह गर्ने अगुवा संस्थाको रुपमा काम गरिरहेको जानकारी गराए।

उनले सूचना र समाचारको अस्वस्थ्य प्रतिस्पर्धाबीच राससले समाजलाई सही दिशानिर्देशन र द्वन्द्व न्यूनीकरण गर्न निरन्तर समाचार सेवा दिने बताए। अध्यक्ष श्यामलले राससले भावी दिनमा राससले प्रादेशिक भाषामा समेत बुलेटिन प्रकाशनको तयारी गरेको जानकारी गराए।

  • 11
    Shares