You are here
Home > समाचार > नातावादलाई अन्त्य गर्दै संगठनलाई बलियो बनाउँछुः प्रधानसेनापति थापा

नातावादलाई अन्त्य गर्दै संगठनलाई बलियो बनाउँछुः प्रधानसेनापति थापा

२५ आश्विन २०७५, बिहीबार १४:३१

काठमाडौं –प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेनाभित्र रहेको नातावादकृपावादलाई अन्त्य गर्दै सैनिक संगठनलाई अझ बलियो र मजबुद बनाएर लैजाने बताएका छन्।

गत भदौंमा प्रधानसेनापति पदमा नियुक्त भएका थापाले पदको जिम्मेवारी पाइसकेपछिको पहिलो पटक नेपाली सेनाको मुख्यालय भद्रकालीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली सेनाभित्र रहेको बेथितिको अन्त्य गर्दै सेनालाई आधुनिकिकरण गर्ने बताएका हुन्।
‘नेपाली सेना एक गैर राजनितिक संस्था हो, यसले मुलुकको संविधान र कानुनको रक्षा गर्दै आएको छ ।

अहिले मुलुकमा विखन्डन गर्ने तत्वहरु बढिरहेको अवस्था छ, त्यस्ता तत्वहरुको जरैदेखि निमूर्ल पार्नका लागि सेना सदैव तत्पर रहेको छ उनले भने।

दैशैं र तिहारको अवसरमा आयोजित उक्त सम्मेलनमा उनले मुलुकभर सुरुक्षा चुनौती बढ्दै गएको र त्यस्ता चुनौतिको सामना गर्नका लागि नेपाली सेना सदैब तयार रहेको समेत जानकारी गराए।

मुलुकमा संघियता लागु भैसकेको अवस्थामा नेपाली सैनिक संरचनालाई पनि विकेन्द्रीकरण गर्दै लैजाने र मुलुकमा हुने द्धन्द र युद्धका समय सेनाको सहि परिचालन गरिने उनले बताए।

नेपाली सेनाको मुख्य म्यानडेट भनेको नागरिकको सर्वोच्ताको रक्षा गर्नु हो। त्यसैले अब नेपाली सेनाभित्रको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाउँदै त्यसलाई व्यवसायिकिकरण गर्नु हाम्रो मुख्य उद्दश्य हो ।’ उनले भने।

अहिले नेपाली सेनाको संख्या धेरै भएको भनेर आलोचना भैरहेका बेला उनले नेपाली सेनाको स्वरुप र आधार तयार गरिसकेपछि मात्रै संख्या कटौति गर्नुपर्ने पनि बताए।

यस्तै सेना संगठनभित्र अपादर्शिता रहेको गुनासो पनि उठ्ने गरेको हुँदा त्यसलाई पारदर्शी बनाउनको लागि सैनिक अर्थिक निर्देशिका लागु गर्ने र सैनिक विशेष अदालतलाई पनि प्रभावकारी बनाउन नेपाली सेना लागि परेको पनि उनको भनाई थियो।

  • 70
    Shares