You are here
Home > समाचार > १३ वर्षीया बालिकामाथि रातभर बलात्कार, २ जना समातिए

१३ वर्षीया बालिकामाथि रातभर बलात्कार, २ जना समातिए

२५ आश्विन २०७५, बिहीबार १७:५४

मोरङ-मोरङको पथरीशनिश्चरे नगरपालिकामा १३ वर्षीया बालिका साथीकै सहयोगमा बलात्कृत भएकी छन् ।स्थानीय एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका साथीको जन्मदिन मनाउन जाँदा दुई जनाबाट बलात्कृत भएकी हुन् ।

बलात्कार आरोपमा प्रहरीले पीडितकी साथी १५ वर्षीया अर्की बालिकासहित पथरी शनिश्चरे–१ का २२ वर्षीय मनोज राई र वडा नम्बर ९ का २३ वर्षीय राजकुमार माझीलाई पक्राउ गरेको छ ।

उनीहरूमाथि करणी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङले जानकारी दिएको छ ।

पीडित बालिकाकी साथीले मंगलबार दिउँसो आफ्नो जन्मदिन मनाउन भन्दै १३ वर्षीया बालिकालाई वस्तीभन्दा टाढा जंगलमा रहेको मन्दिरसम्म लगेकी थिइन् ।घरमा काम गर्ने बालिका राति अवेरसम्म नफर्किएपछि खोजी गरिदिन आग्रह गर्दै संरक्षकले प्रहरीलाई खबर गरेका थिए ।

एक्कासि भोलिपल्ट बिहान ५ बजे उनी घर नजिकै बिछिप्त अवस्थामा भेटिएकी थिइन् । र, आफूमाथि बलात्कार भएको बताएकी थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकालाई जंगलमा लगेर घरेलु मादकपदार्थ ‘निगार’ खुवाएर बलात्कार गरेको देखिएको छ । प्रहरीले बालिकाको मेडिकल जाँच गर्ने काम थालेको छ ।

  • 9
    Shares