You are here
Home > प्रशासन > ४० हजार घुससहित उपसचिव पक्राउ

४० हजार घुससहित उपसचिव पक्राउ

२६ आश्विन २०७५, शुक्रबार ०२:३९

काठमाडौँ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई ४० हजार रुपैयाँ घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ।

भवन निर्माणका लागि निकासा भएको रकम विद्यालयको खातामा हस्तान्तरण भएपछि बैंकमा रोक्का भएको रकम फुकुवा गर्ने नाममा सेवाग्राहीसँग घुस लिँदालिँदै उपसचिव साह पक्राउ परेका हुन् ।

घुससहित समातिएका उपसचिव साहलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए।

  • 17
    Shares