You are here
Home > समाचार > निर्मला हत्या प्रकरणः एआइजी धिरु बस्नेत नेतृत्वको छानविन समिति कञ्चनपुरमा

निर्मला हत्या प्रकरणः एआइजी धिरु बस्नेत नेतृत्वको छानविन समिति कञ्चनपुरमा

२६ आश्विन २०७५, शुक्रबार १६:२३

काठमाडाैँ-निर्मला पन्तको बलात्कारपछिको हत्याको छानविन र प्रहरी अधिकारीलार्इ कारबाही गर्न  गठित एआइजी धिरु बस्नेत नेतृत्वको छानविन समिति पहिलो पटक कञ्चनपुर पुगेको छ ।

निर्मलाको घटनाको अनुसन्धानमा प्रहरीले प्रमाण नष्ट गर्न भूमिका खेलेको देखिएपछि प्रहरीमाथि नै अनुसन्धान तथा छानविन गरिरहेको एआईजी बस्नेत नेतृत्वको छानविन समिति पहिलो पटक शुक्रबार कञ्चनपुर पुगेको हो ।

स्थानीयले अनुसन्धानमा प्रहरीको भूमीका माथि नै शंका गरेपछि यो समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती, कमी कमजोरीको समेत छानविन थालेको छ ।

बस्नेत नेतृत्वको छानविन समितिले निर्मला पन्तको घटनामा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाएर यसअघि नै अनुसन्धान गरिसकेको छ ।समितिले शुक्रबार घटनास्थल, पीडित परिवारसँग भेटघाट गर्ने र शनिबार जिल्लास्थित अन्य सरोकारवालासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।

घटनाको छानविनका लागि नेपाल प्रहरीले गएको भदौ ३१ गते एआईजी बस्नेतको नेतृत्वमा चार सदस्य छानविन समिति गठन गरेको थियो ।

  • 19
    Shares