You are here
Home > समाचार > रोल्पामा सशस्त्र प्रहरीको क्याम्प स्थापना

रोल्पामा सशस्त्र प्रहरीको क्याम्प स्थापना

२६ आश्विन २०७५, शुक्रबार १७:२३

रोल्पा-रोल्पामा सशस्त्र प्रहरी वलको क्याम्प शुक्रवार गुल्म स्थापना गरिएको छ। सदरमुकाम लिवाङस्थीत शिक्षा विकास तथा समन्वय ईकाइको भवनमा स्थापना गरिएको हो।

गुल्म स्थापना संगै जिल्लाको सुरक्षा अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ।सुरक्षा चूनौतीलाई प्रारम्भमा नै व्यवस्थापन गर्न जिल्लामा सशस्त्र प्रहरी वलको उपस्थिति जरुरी रहेकोले स्थापना गरिएको बताइएको छ।

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सुरक्षा चूनौतीको रुपमा जवरजस्त आईरहेको रोल्पामा शुक्रवार आयोजित एक कार्यक्रमका सहभागीहरुले चर्चा गरेका छन्।

नामै किटान नगरे पनि “उनीहरु” भनेर सांकेतिक भाषा प्रयोग गरेका वक्ताहरुले विप्लव नेकपाको गतिविधिका कारण अहिलेको अवस्था भूमरी भित्रको शान्त भनेर चित्रण गरे ।

कार्यक्रममा प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले राजनैतिक आवरणमा केही परिघटना तीव्र ढंगले वढिरहेको वताए ।
जिल्लाका सवै स्थानीय तहहरुमा पत्र पठाएर वैकल्पीक सत्ता संचालन भएको जनाउ दिएको प्रंसङ्ग उल्लेख गर्दै वर्तमान संविधान भित्र यो अस्वीकार्य विषय हो मन्त्री केसीले भने ।

कार्यक्रममा प्रदेश सभा सदस्य दीपेन्द्र पुनले संघीयता पक्षधरहरुको कतिपय जान अनजान कामले पनि संघीयता विरोधीहरुकालाई मलजल पुगेको विचार व्यक्त गरे । संघीयताका लागि ठूलो लडाई लडेको स्मरण गर्दै यसको विकल्पमा अर्को व्यवस्थाको संभावना नभएको वताए ।

रोल्पाको वर्तमान सुरक्षा अवस्था प्रति टिप्पणी गर्दै प्रमुख राजबहादुर बुढाले भने भित्र भित्रै भूमरी नाचिरहे पनि वाहिर भने शान्त नै छ । शान्तमा अति शान्त र विद्रोहमा अधिक विद्रोह रोल्पालीको पहिचान भएकाले विद्रोहको अवस्था सम्म जान नदिन सवै पक्ष संवेदनशील हुनु पर्ने प्रमुख वुढाको भनाई थियो ।

  • 47
    Shares