You are here
Home > समाचार > ड्युटीमा खटिएका प्रहरीलाई घूस दिन खोज्ने दुई जना पक्राउ

ड्युटीमा खटिएका प्रहरीलाई घूस दिन खोज्ने दुई जना पक्राउ

२६ आश्विन २०७५, शुक्रबार २१:०७

काठमाडौं-महानगरीय प्रहरी वृत्त बानेश्वरले काठमाडौंको काँडाघारीमा ड्युटीमा रहेका प्रहरीलाई घूस दिन खोज्ने मिनि ट्रक चालकलाई पक्राउ गरेको छ।

ओभरलोड सामग्रीसहित आएको ट्रकलाई प्रहरीले कारबाही गर्न खोज्दा घूस दिन खोज्ने चालक भेषकुमार श्रेष्ठ र सहचालक विनोद श्रेष्ठलाई पक्राउ गरिएको हो ।

बा ५ ख ४४५२ का चालक उनीहरुलाई बिहीवार पक्राउ गरिएको वृत्तका प्रमुख डीएसपी गोविन्दराज काफ्लेले जानकारी दिए। उनीहरुलाई सार्वजनिक कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताए।

  • 18
    Shares