You are here
Home > समाचार > बलात्कारपछि हत्याः दुई जना अभियुक्त सार्वजनिक

बलात्कारपछि हत्याः दुई जना अभियुक्त सार्वजनिक

२८ आश्विन २०७५, आईतवार २०:१८

जनकपुर– एक बालिकालाई बलात्कारपछि हत्या गरेका दुई अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ । आईतबार प्रहरीले पत्रकार सम्मेलन गरि धनुषाको औरही गाउँपालिका वडा नं २ स्थित परवहा गाउँ बस्ने १० वर्षीय मनिका यादवलाई अभियुक्तहरुले पहिला १० रुपैयाँ र एउटा चाउचाउको प्रलोभन दिई बलात्कारपछि हत्या गर्ने दुईजनालाई सार्वजनिक गरेको हो ।

घटनामा संलग्न रहेको अभियोगमा औरही गाउँपालिका वडा नं। ३ का ३२ वर्षीय विनोद मुखिया र वडा नं ५ का २३ वर्षीय नथुनी पण्डित कुम्हार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालत धनुषाबाट जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दा ऐन अन्तर्गत अभियोगपत्र दायर गर्ने तयारी भएको जानकारी दिए ।

  • 12
    Shares