You are here
Home > प्रशासन > नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको संयुक्त हेल्प डेस्क स्थापना

नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको संयुक्त हेल्प डेस्क स्थापना

२८ आश्विन २०७५, आईतवार २०:०३

कञ्चनपुर-कञ्चनपुरस्थित नेपाल–भारत सीमा क्षेत्रका सुरक्षाकर्मीले संयुक्त हेल्प डेस्क स्थापना गरेको छ। चाड पर्व नजिकिँदै गर्दा सीमा क्षेत्रमा हुने अपराधीक तथा गैर कानुनी क्रियाकलाप रोकथाम र सुरक्षित यात्राका लागि संयुक्त हेल्प डेस्क स्थापना गरिएको हो ।

असोजको दोस्रो सातादेखि जिल्लाको चार ठाउँमा संयुक्त हेल्प डेस्क स्थापना गरिएको सशस्त्र प्रहरी वलले जनाएको छ। सशस्त्र प्रहरी बल र भारतीय पक्षबाट सीमा सुरक्षा बल(एसएसबी) खटिएका छन् ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण मझगाँउ कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद कुमार श्रेष्ठले तिहारका बेला सीमा क्षेत्रमा हुने लुटपाट र अवैधानिक काम रोक्न संयुक्त हेल्प डेस्क स्थापना गरिएको बताए । उनका अनुसार नेपाल भारतको मुख्य नाका गड्डाचौकी–बनबासा, ब्रम्हदेब–टनकपुर, दोधाराचाँदनी–लठ्याघाट र बेलौरी–खजुरिया सीमा क्षेत्रमा हेल्प डेस्क राखिएको हो ।

दसैँ तिहारका लागि भारतबाट घर फर्कने नेपाली मजदुरमाथि हुने डकैती, लुटपाट, नशालु पदार्थ सेवन गराएर लुट्ने काम निरुत्साहित पारी सुरक्षित यात्राका लागि हेल्प डेस्क स्थापना गरिएको सशस्त्रका गणपति श्रेष्ठले बताए ।

हेल्प डेस्कमा भारतीय नागरिक लुटिएमा भारतीय एसएसबी र नेपाली नागरिक लुटिएमा नेपाली सशस्त्र प्रहरी बलले सम्बन्धित निकायमा समन्वय गर्ने छ ।

शनिबार प्रहरी, सशस्त्र प्रहरीसहित बनबासा पुगेका प्रजिअ अधिकारीले भारतीय कष्टमका प्रमुख अजय कुमार सिन्हा, भारतीय सीमा सुरक्षा बल र नेपाल तर्फ भन्सार र सुरक्षाकर्मीसँग भेटघाट गरेका थिए ।

  • 28
    Shares