You are here
Home > समाचार > कैलालीमा नयाँ एसपी आभुषण तिमिल्सेना

कैलालीमा नयाँ एसपी आभुषण तिमिल्सेना

५ कार्तिक २०७५, सोमबार १७:४०

कैलाली –जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायव उपरिक्षक ( एसपी) विनोद घिमिरे सरुवा भएपछि नयाँ प्रहरी नायव उपरिक्षक ( एसपी) आभुषण तिमिल्सेना आएका छन्।

एसपी विनोद घिमिरेले आफ्नो कार्यकाल पुरा गरेपछि नयाँ एसपी आभुषण तिमिल्सेना कैलालीमा सरुवा भएर आएका हुन्। एसपी विनोद घिमिरे भरतपुर तालिम केन्द्रमा सरुवा भएर गएका हुन्।

आभुषण तिमिल्सेनाले स्याङ्जामा रहँदा समेत  लागुपदार्थ मुक्त बनाउने अभियान चलाएर सफलतापूर्ण काम गरेका थिए। बिषेश गरी स्याङ्जा सिदार्थ राजमार्गमा पर्ने हुँदा बुटवल तथा भारतिय नाकाबाट पोखरा काठममडौं लगाएका ठाउँमा लागुपदार्थको ओसार पसार हुदै आएको थियो।

विनोद घिमिरेले आफ्नो कार्यकालमा अपराधिक घटना नियन्त्रणका लागि महत्वपूर्ण भूमीका खेलेको कैलालीका स्थानीयहरुले बताएका छन्।

  • 15
    Shares