You are here
Home > समाचार > साझा बस चढेर केपी ओली सिंहदरबारमा

साझा बस चढेर केपी ओली सिंहदरबारमा

६ कार्तिक २०७५, मंगलवार १३:३७

काठमाडौं-साझा यातायातले विद्युतीय गाडी सञ्चालनमा ल्याएको छ । एसियाली विकास बैंक(एडीवी)को आर्थिक सहयोगमा साझाले विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।

लुम्बिनी क्षेत्रमा चलाइने बसका औपचारिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन गरेका हुन् । उद्घाटनसँगै प्रधानमन्त्री ओली सोही बसमा कार्यालय सिंहदरबार पुगेका छन् ।

लुम्बिनी क्षेत्रमा पाँच वटा विद्युतीय बस चलाउने घोषणा गरेको साझाले दुईवटा बस मंगलबारदेखि सञ्चालनमा ल्याएको हो । अन्य तीन वटा बस चाँडै सञ्चालनमा ल्याइने साझाले जनाएको छ । चिनियाँ कम्पनीले निर्माण पाँचमध्ये दुई बस काठमाडौँ ल्याइएको हो।

  • 8
    Shares