You are here
Home > समाचार > एनआरएनका मध्यपूर्व संयोजक पक्राउ

एनआरएनका मध्यपूर्व संयोजक पक्राउ

६ कार्तिक २०७५, मंगलवार १४:३६

काठमाडौं- सुन तस्करीको अभियोगमा एनआरएनका मध्यपूर्व संयोजक नै पक्राउ परेका छन् । कतार प्रहरीले गैरआवासीय नेपाली राजेन्द्रकुमार शर्मा भनिने आरके शर्मालाई गत मंगलबार पक्राउ गरेको हो ।

पेगोन इन्जिनियरिङ कम्पनीका सञ्चालक समेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किंदै गर्दा पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । शर्मामाथि कतार प्रहरीले अनुसन्धान गरिरहेको स्रोतले जानकारी जनाएको छ ।

  • 4
    Shares