You are here
Home > समाचार > विश्वका १० उत्कृष्ट घुम्न लायक शहरको सूचीमा काठमाडौं

विश्वका १० उत्कृष्ट घुम्न लायक शहरको सूचीमा काठमाडौं

६ कार्तिक २०७५, मंगलवार १५:२५

काठमाडौं- विश्वभरमा घुम्नका लागि उत्कृष्ट १० शहरमध्ये काठमाडौं पनि परेको छ । सन् २०१९ मा विश्वका घुम्नलायक सहरको सूचीमा काठमाडौं परेको हो । लोन्ली प्लानेटले १० सहरको सूची निकाल्दै काठमाडौंलाई पाँचौं नम्बरमा समेटेको हो ।

लोन्लीले निकालेको घुम्नलायक उत्कृष्ट १० सहरको सूचीमा काठमाडौंले मेक्सिकोसिटी, सेनेगल, वासिङ्टन, क्रोयसिया र मोरक्कोलाई समेत पछि पारेको छ। उक्त सूचीअनुसार पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन परेको छ ।

दोस्रोमा चीनको शेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौथोमा फ्लोरिडाको मियामी र पाँचौमा नेपालको राजधानी काठमाडौं परेको हो ।

तीन वर्ष अघि भूकम्पले क्षति पुगेको सहरले पर्यटकलाई स्वागत गर्न तयार रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । हर्न निषेध गरिएको, पुरातात्विक सहर र हिमाली क्षेत्र प्रवेशको ढोकाको रुपमा समेत सहरको परिचय दिइएको छ ।

  • 22
    Shares