You are here
Home > समाचार > सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

७ कार्तिक २०७५, बुधबार ११:०६

काठमाडाै‌-गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ।
मन्त्रालयले गठन गरेको बढुवा सिफारिस समितिले मंगलबार राति गरेको निर्णय अनुसार इञ्जिनियर प्रजाभक्त श्रेष्ठको नाम पहिलो नम्बरमा छ।

गृहसचिव प्रेमकुमार राई, आईजीपी शैलेन्द्र खनाल र एआईजी नारायणबावु थापा रहेको समितिले एसएसपी प्रजाभक्त श्रेष्ठसँगै रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, गोविन्द क्षेत्री र चन्द्रप्रकाश गौतमलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवामा अघिल्लो व्याचबाट एसएसपीहरु प्रजाभक्त र रामप्रकाश श्रेष्ठ परेका छन् ।

  • 77
    Shares