You are here
Home > प्रशासन > ११ जना डिआइजीको फेरबदल(नामावलीसहित)

११ जना डिआइजीको फेरबदल(नामावलीसहित)

७ कार्तिक २०७५, बुधबार ११:२५

काठमाडौं-प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) हरुको पदस्थापन तथा सरुवा गरेको छ। असोज २८ गतदेखि लागू हुने गरी प्रहरी प्रधान कार्यालयले सो निर्णय गरेको हो ।

असोज २८ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार बढुवा भएका डिआइजीहरुलाई पदस्थापन गर्न गृहमन्त्रालयले मंगलबार प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो ।

पदस्थापन अनुसार प्रहरी प्रवक्तामा उत्तमराज सुवेदी आएका छन् भने पूर्व पवक्ता शैलेश थापा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आएका छन्। त्यस्तै २ नम्बर प्रदेशमा हरि पाल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रधुम्नकुमार कार्कीलाई खटाइएको छ।

यता, ६ जना डीआइजीहरुको सरुवा भएको छ। कामको आधारमा जिम्मेवारी सुम्पिएर उनीहरुलाई सरुवा गरिएको जनाइएको छ।प्रहरी प्रधान कार्यालय विशेष व्यूरोबाट पिताम्बर अधिकारीलाई प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ५ दाङ सरुवा भएका छन् ।

कमलबहादुर जिटी महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरबाट प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो पुगेका छन् ।

मनोज न्यौपाने महानगरिय प्रहरी कार्यालयबाट प्रहरी प्रधान कार्यालय प्रहरी निरीक्षणालयमा, शेरबहादुर बस्नेत महानिरीक्षकको सचिवालयबाट महानगरिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरमा पुगेका छन्।

  • 8
    Shares