You are here
Home > समाचार > चीनले नेपाललार्इ दिँदै आएको शैन्य सहायता ५० प्रतिशत ले बढायो

चीनले नेपाललार्इ दिँदै आएको शैन्य सहायता ५० प्रतिशत ले बढायो

७ कार्तिक २०७५, बुधबार ११:४७

काठमाडौं,७ कार्तिक-चीनले नेपाली सेनालार्इ दिँदै आएको शैन्य सहातामा ५० प्रतिशतले बृद्धि गरेको छ ।यसअघि बार्षिक १ सय मिलियन आरएमबी बराबरको सहायता दिँदै आएको चीनियाँ जनमुक्ति सेना (पीएलए) ले यो पटक १ सय ५० मिलियन आरएमबी बराबरको शैन्य सहायता दिन लागेको हो ।

रक्षामन्त्री पोखरेलले शुरू गरेको साताव्यापी भ्रमणकै समयमा चीनले नेपाललार्इ दिन लागेको शैन्य सहायतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । झन्डै २ अर्ब ५३ करोड रूपैयाँ बराबरको यो शैन्य सहायताअन्तर्गत चीनले नेपाली सेनालार्इ विपद् व्यवस्थापन र शैन्य क्षमता अभिवृद्धिका लागि आवश्यक सामग्री उपलब्ध गराउने बुझिएको छ ।

यो शैन्य कार्यक्रममा चीनले नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापालार्इ समेत डाकेको थियो । तर कार्यव्यस्तताका कारण थापाले उपरथी तहका शैन्य अधिकारीलार्इ चीन पठाएका छन् ।

शैन्य बन्दोबस्तीका लागि बख्तरबन्द गाडी, क्रेन, सैन्य सामग्री र ट्रकजस्ता उपकरण चीनले उपलब्ध गराउनेछ।

  • 10
    Shares