You are here
Home > समाचार > जापान पठाउने भन्दै १९ लाख ठगी गर्ने पक्राउ

जापान पठाउने भन्दै १९ लाख ठगी गर्ने पक्राउ

७ कार्तिक २०७५, बुधबार १६:४७

काठमाडौं- वर्किङ भिसामा जापान पठाइदिने भन्दै लाखौं ठगी गर्ने एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले युवाहरुबाट रकम असुल गर्ने गरेको अभियोगमा दोलखाका ३७ वर्षीय दिनेश कोइरालालाई पक्राउ गरेको हो । अनुसन्धानका क्रममा कोइरालाले अन्य व्यक्तिबाट पनि विदेश पठाउने, जग्गा खरिद गर्ने, व्यापार गर्नेलगायतका बहानामा ठूलो रकम उठाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

खोटाङ दिप्रुङका श्याम खड्काबाट १९लाख रुपैयाँ आसुलेका कोइरालालाई महाशाखाको टोलीले सोमबार काठमाडौको बालुवाटारबाट पक्राउ गरेको हो। खड्कासंग रकम लिएर जापान नपठाएपछि कोइरालाले रकम नभएको खाताको १९लाख रुपैयाँको चेक दिएको आधारमा बैंकिङ कसूर मुद्दामा आवश्यक कारबाही अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

  • 2
    Shares