You are here
Home > समाचार > अब राष्ट्रसंघीय मिसनमा २० प्रतिशत महिला प्रहरी

अब राष्ट्रसंघीय मिसनमा २० प्रतिशत महिला प्रहरी

८ कार्तिक २०७५, बिहीबार ०९:२०

काठमाडौं,८ कार्तिक- नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पठाउने महिला प्रहरीको संख्या बढाएर २० प्रतिशत पुर्‍याएको छ ।

फर्म्ड पुलिस युनिट (एफपियु) शान्ति मिसनअन्तर्गत कुल संख्यामध्ये २० प्रतिशत महिला प्रहरी पठाउने भएको छ । प्रहरीले बनाएको एफपियु छनोट कार्यदेश २०७५ मा दुई जुनियर अधिकृतसहित हरेक एफपियु टोलीमा कम्तीमा २० प्रतिशत महिला पठाइने उल्लेख छ ।

शान्ति मिसनमा महिलाको संख्या बढाउने राष्ट्रसंघकै नीतिअनुसार नेपाल प्रहरीले महिला प्रहरीको संख्या बढाउने निर्णय गरेको हो ।

  • 37
    Shares