You are here
Home > समाचार > भीमदत्त नपा र जिप्रकाबीच सामुदाय प्रहरी साझेदारी कार्यक्रममा हस्ताक्षर

भीमदत्त नपा र जिप्रकाबीच सामुदाय प्रहरी साझेदारी कार्यक्रममा हस्ताक्षर

१० कार्तिक २०७५, शनिबार १८:२५

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका र जिल्ला प्रहरी कार्यालयबीच समुदाय प्रहरी साझेदारी कार्यक्रमका लागि सम्झौता भएको छ।

भीमदत्त नगरपालिका कार्यालयमा नगर प्रमुख सुरेन्द्र विष्ट र प्रहरी उपरीक्षक कुबेर कडायतले साझेदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको हो। समुदाय प्रहरीबीच आपशी सम्बन्ध बलियो बनाएर शान्ति सुरक्षा सुदृढ गर्ने लक्ष्यका साथ गृहमन्त्रालयले देशभर समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको थियो।

आइतबार औपचारिक रुपमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय तह र प्रहरीबीच साझेदारीले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

नगर प्रमुख विष्टले पहिलो नगर सभाबाट नगरको विकास र समृद्धिका लागि सहकार्यका लागि साझेदारीलाई प्राथमिकता दिइएको बताए ।

प्रहरी उपरीक्षक कडायतले शान्ति सुरक्षा बलियो बनाउन समुदायसित सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम गरिएकाले स्थानीय सरकारसित साझेदारीका लागि सम्झौता गरिएको बताए।

  • 3
    Shares