You are here
Home > समाचार > दुर्घटनामा नेपाल प्रहरीका बहालवाला डीआईजी भण्डारीको मृत्यु

दुर्घटनामा नेपाल प्रहरीका बहालवाला डीआईजी भण्डारीको मृत्यु

१० कार्तिक २०७५, शनिबार १८:३६

काठमाडौं-नेपाल प्रहरीका बहालवाला डीआईजी सुशील भण्डारीको सवारी दुर्घटनामा मृत्यु भएको छ । बा३च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको पनि मृत्यु भएको छ ।

पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने डीआईजी भण्डारीको उपचारको लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले बताएको छ ।

अस्पताल परिसरमा यतिबेला जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी प्रमुखको उपस्थिति रहेको छ ।

त्यस्तै दुर्घटनामा ३ जना गम्भिर घाइते भएका छन् ।

  • 49
    Shares