You are here
Home > राजनीति > नेकपाको स्थायी कमिटीको बैठक स्थगित

नेकपाको स्थायी कमिटीको बैठक स्थगित

११ कार्तिक २०७५, आईतवार १५:१४

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टीको सोमबार र मंगलबार हुने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तथा शीर्ष नेताहरुको व्यस्तताको कारण बैठक तत्कालको लागि स्थगित गरिएको हो ।

नेकपाले बैठक सोमबार र मंगलबारको लागि स्थगित गरिएता पनि अर्को मिति भने घोषणा गरेको छैन । नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ। त्यस मध्ये १० जना भन्दा बढी सदस्य विभिन्न कारणले उपत्यका बाहिर छन्। केही नेता विदेश गएका छन्।

प्रधानमन्त्री ओली शुक्रबारदेखि अस्वस्थ छन्। उनको छातीमा समस्या आएको छ । महासचिव विष्णु पौडेलले ओलीको स्वास्थ्यमा केही सुधार आएको जानकारी दिए।

  • 14
    Shares