You are here
Home > समाचार > कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट अदालत जाने

कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट अदालत जाने

११ कार्तिक २०७५, आईतवार १५:५१

काठमाडौं- गृह मन्त्रालयले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेपछि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले  आउने आईतबार अदालत जाने घोषणा गरेका छन्।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको भन्दै मन्त्रालयले विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेपछि उनले यस्तो निर्णय गरेको घोषणा गरेका हुन्।

उनले भने,”मैले यत्रो काम गरें । मलाई न्याय दिनुपर्नेमा मेरो संगठनले त्यस्तो गरेन । अब म अदालत जान्छु । मसँग अरु कुनै विकल्प नै छैन ।”

निर्मला हत्याकाण्डमा गृहको एक्सन स् एसपी विष्ट र इन्सपेक्टर भट्टको जागिर गयो निर्मला पन्त हत्या प्रकरणका आरोपी कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टको जागिर गएको छ ।

गृह मन्त्रालयले बिहिबार उनीहरुलाई बर्खास्त गर्ने निर्णय गरेको हो । गृहसचिव प्रेमकुमार राईको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टसँग स्पष्टीकरण सोधेको थियो ।

सो अनुसार उनीहरुले बुधबार स्पष्टीकरण बुझाएपछि मन्त्रालयले बर्खास्तीको निर्णय गरेको हो ।

 

  • 7
    Shares