You are here
Home > प्रशासन > मालपोत अधिकृतसहित ७ जना विरुद्ध भष्टाचार मुद्धा

मालपोत अधिकृतसहित ७ जना विरुद्ध भष्टाचार मुद्धा

११ कार्तिक २०७५, आईतवार १९:४१

काठमाडौं–सरकारी जग्गालाई किर्ते कागजात बनाएर विक्री वितरण गर्ने तथा गराउने ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार सरकारी जग्गाको किर्ते कागजात बनाई विक्री वितरण गर्ने तत्कालीन मालपोत अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मालपोत कार्यालय परासीका तत्कालीन कर्मचारीहरको सहयोगमा बिचौलियासहितले मिलेमतो गरी ३ करोडको सरकारी जग्गा विक्री वितरण गराएको भन्दै उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

मालपोत कार्यालय परासीका तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भूषाल र कम्प्युटर अपरेटर एजाज खाँसहित ७ जनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

व्यक्ति वा अमुक संस्थाको नाममा नक्कली कागजात खडा गरी आर्थिक लाभ लिएर विक्री वितरणमा सहयोग पुराएपछि मालपोत कार्यालय परासीका ३ जना कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको हो।

मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भूषाल र कम्प्यटर अपरेटर एजाज खाँलाई जनही २ करोड ८६ लाख ५२ हजार रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

  • 5
    Shares