You are here
Home > खेलकुद > विश्वकप क्रिकेटको ट्रफी राष्ट्रपतिको हातमा

विश्वकप क्रिकेटको ट्रफी राष्ट्रपतिको हातमा

११ कार्तिक २०७५, आईतवार २०:०९

काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीको हातमा आईसीसी विश्वकप क्रिकेटको ट्रफी पुगेको छ । वल्ड टुरका क्रममा शुक्रबार काठमाडौं ल्याइएको विश्वकप क्रिकेटको ट्रफी आइतबार शीतल निवास पुर्याइएको हो ।

राष्ट्रपति भण्डारीले शीतल निवासमा ट्रफी सार्वजनिक गर्ने कार्यक्रम आकस्मिक रुपमा तय भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका कारण राष्ट्रपतिको हातबाटै ट्रफी सार्वजनिक गर्ने निर्णय भएको हो ।

वल्ड टुरमा रहेको ट्रफी आइतबार बिहान चन्द्रागिरीमा सार्वजनिक गरिएको थियो । ट्रफी सोमबार बसन्तपुरमा सार्वजनिक प्रदर्शनीमा राखिने छ ।

  • 8
    Shares