You are here
Home > समाचार > तिहारलाई लक्षित गरि सीमा नाकामा चेकजाँच कडाइ

तिहारलाई लक्षित गरि सीमा नाकामा चेकजाँच कडाइ

१२ कार्तिक २०७५, सोमबार १२:५०

कैलाली-जिल्ला प्रहरी कार्यालय बैतडीले तिहारलाई लक्षित गरेर सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारेको छ।नेपालीहरुको दोस्रो टुलो पर्व तिहारका बेला हुन सक्ने घटनालाई मध्यनजर राख्दै सीमा नाका लगायत जिल्लाका विभिन्न स्थानमा चेकजाँचमा कडाई गरेको हो ।

सीमानाकाबाट पटाका जस्ता प्रज्वनलशील पदार्थ भित्रिन सक्ने भन्दै प्रहरीले कडा निगरानी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए।

भारतबाट पटाका जस्ता प्रज्वलनशील पदार्थ ल्याउने कुरा पूर्ण रुपमा रोक लगाएकाले पटाका ल्याउने प्रयास नगर्न सबैमा आग्रह गरिएको छ।

जिल्लाको झुलाघाट नाकामा प्रहरीले निगरानी गरिरहेको छ भने अन्य नाकाहरुमा पनि निगरानी गरिरहेका हो। पटाका,भुइचम्पा जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट आगलागीका दुर्घटना निम्तिन सक्ने भएकाले यसको प्रयोगमा नियन्त्रण तथा रोक लगाएको हो ।

बैतडी प्रहरीले तिहारलाई लक्षित गर्दै नेपाल भारत सीमानाकाका चेकजाँचमा कडाई गर्नुका साथै पटाका आयातमा रोक लगाएको छ । यसका साथै पटाका पड्काउने, पड्काउन उक्साउने, विक्री गर्ने र ओसार पसार गर्ने सबैलाई कारवाहीको दायरामा ल्याइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

  • 1
    Share