You are here
Home > समाचार > ४ दिने भ्रमणका लागि राष्ट्रपति कतार प्रस्थान

४ दिने भ्रमणका लागि राष्ट्रपति कतार प्रस्थान

१२ कार्तिक २०७५, सोमबार १३:०१

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारी ४ दिने भ्रमणको लागि सोमबार कतार प्रस्थान गरेकी छन्।

कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा त्यसतर्फ  जानुभएकी राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  विदाइ गरे।

राष्ट्रपतिसँग भ्रमणमा परराष्ट्रमन्त्री मन्त्री प्रदिप ज्ञवाली र परराष्ट्रसचिव शंकर बैरागी लगायतको टोली सहभागिता छ । राष्ट्रपतिले १५ गतेसम्म कतारको भ्रमण  गर्ने छन्। राष्ट्रपतिको भ्रमणबाट नेपाल र कतारबीच द्विपक्षीय सहयोग सम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ ।

राष्ट्रपतिको भ्रमणमा कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • 9
    Shares