You are here
Home > समाचार > जुवा खालबाट ४ लाख रुपैयाँ असुल्ने असई निलम्बित

जुवा खालबाट ४ लाख रुपैयाँ असुल्ने असई निलम्बित

१२ कार्तिक २०७५, सोमबार १३:५९

काठमाडौं– जुवा खालको पैसा खाएको आरोपमा पक्राउ परेका म्हैपी अस्थायी प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) विचित्र थापा मगरलाई निलम्बन गरिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको सिफारिसमा महानगरीय प्रहरी आयुक्त कार्यालय रानिपोखरीले थापालाई निलम्बन गरेको काठमाडौं परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

असई थापा मगरले चार लाख रुपैयाँ खाएको पुष्टि भएपछि निलम्बन गरिएको जनाइएको छ। निलम्बन गरेर अनुसन्धान सुरु गरिएको र पछि अनुसन्धान टोलीको सुझाव अनुसार कस्तो कारबाही गर्ने भन्ने टुंगो लाग्ने उनले बताए।

असई थापा मगरको टोलीले गत सोमबार राति म्हैपीको एक घरमा जुवा खालमा छापा मारेको थियो। सो क्रममा उनले खालबाट १५ लाख रुपैयाँ बरामद गरेका थिए।

उनले जुवाडेलाई ११ लाख रुपैयाँपछि फिर्ता दिएका थिए भने ४ लाख रुपैयाँ आफैंले राखेको भन्दै दुई जुवाडे रितेश लामा र दिनेश पराजुलीले उजुरी दिएका थिए। उजुरी दिनै दुवै जना जुवाडेलाई परिसरले पक्राउ गरेर जुवा ऐनअनुसार मुद्दा चलाएको छ।

  • 1
    Share