You are here
Home > समाचार > व्यवसायी गौचन हत्याकाण्डका थप तीन जना पक्राउ

व्यवसायी गौचन हत्याकाण्डका थप तीन जना पक्राउ

१२ कार्तिक २०७५, सोमबार १४:४२

काठमाडौं,१२ कार्तिक- महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले व्यवसायी शरद गौचन हत्याकाण्डका थप तीन अभियुक्तलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार पक्राउ पर्नेमा मुख्य अभियुक्त रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्साङ लामा रहेका छन्।

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरको विशेष टोलीले उनीहरुलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो।

  • 20
    Shares