You are here
Home > समाचार > प्रहरी र महानगरपालिकाबीच सम्झौता

प्रहरी र महानगरपालिकाबीच सम्झौता

१३ कार्तिक २०७५, मंगलवार ०८:०९

काठमाडौं- महानगरीय प्रहरी कार्यालय र ललितपुर महानगरपालिकाबीच प्रहरी समुदाय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

महानगरपालिका कार्यालयमा सोमबार महानगरपालिकाका तर्फबाट प्रमुख चिरीबाबु महर्जन र कार्यालयका प्रमुख (प्रहरी नायब महानिरीक्षक) शैलेश थापा क्षेत्रीले महानगरपालिका क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

हस्ताक्षरपछि प्रमुख क्षेत्रीले आम नागरिकमा अपराध कसरी हुन्छ, विपद्मा कसरी सुरक्षित हुनेलगायत विषयमा दुई संस्था मिलेर नागरिकलाई सजग गराउन सक्ने बताए। उनले भने, “प्रहरीको अनुभव र जनप्रतिनिधिको ऊर्जालाई मिलाएर समाजमा आपराधिक घटना कम गर्न सकिन्छ।”

महानगरपालिकाका प्रमुख महर्जनले प्रहरी र स्थानीय निकायबीच सहकार्य बढाउँदै जाँदा दिगो विकास लक्ष्यमा पुग्न सकिने बताए। सम्झौता भएका विषय कार्यान्वयनको आवश्यकता औँल्याउँदै उनले भने, “जिम्मेवारी पूरा गर्न शिक्षित र सक्षम जनप्रतिनिधिले मात्रै सक्छ ।”

महानगरीय प्रहरी परिसर प्रमुख रवीन्द्र धानुकले नयाँ संविधानले सुरक्षा कायम गर्नका लागि धेरै जिम्मेवारी स्थानीय तहलाई दिएको बताए।

  • 2
    Shares