You are here
Home > अर्थ/बजार >  भृकुटीमण्डपमा माघ ४ गतेदेखि हिमालयन हाइड्रो एक्सपो

 भृकुटीमण्डपमा माघ ४ गतेदेखि हिमालयन हाइड्रो एक्सपो

१३ कार्तिक २०७५, मंगलवार ११:१४

काठमाडौ- माघ ४ गतेदेखि हिमालयन हाइड्रो एक्सपो काठमाडौंमा सुरु हुने भएको छ। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) र एक्स्पो एण्ड इभेन्ट सर्भिस प्रालिको सहकार्यमा मेला भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना हुने विज्ञप्तिमा उल्लेख छ।

इच्छुक अवलोकनकर्तालाई कम्पनीले हेलिकोप्टरमा हाइड्रोपावर अवलोकन गर्ने व्यवस्था रहेको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले जानकारी दिए।

नेपालमा जलविद्युत तथा उर्जा क्षेत्रमा थप उर्जा उत्पादन, लोडसेडिङ न्यूनीकरणका साथै १० वर्षमा १५ हजार मेगावाट उर्जा उत्पादन गर्नका लागि टेवा पुर्याउने आयोजकले जनाएको छ। उर्जा क्षेत्रमा आवद्ध सबै सरोकारवालालाई एकै ठाउँमा भेला गराई मेला आयोजना उद्धेश्य रहेको इपानका अध्यक्ष गुरागाईले बताएका छन्।

उनका अनुसार माघ ४ गतेदेखि ६ गतेसम्म आयोजना हुने मेलामा एक सयभन्दा बढी स्टल रहनेछन् जसमा आधाजसो विदेशी स्टल राखिनेछन्। मेलामा राखिने स्टलहरु जलविद्युत प्रवर्द्धक, इक्युपेन्ट्स सप्लायर्स, लगानीकर्ता, बैंक, बीमा लगायत नयाँ प्रविधिसँग सम्वन्धित विविध निकायले राख्ने उनले जानकारी दिए।

  • 2
    Shares