You are here
Home > समाचार > अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ

अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ

१३ कार्तिक २०७५, मंगलवार १४:०७

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागिएको अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राहदानी नम्बर इडि ४८२९४७८ बाहक इर्सा छन् । उनलार्इ सोमबार विमानस्थल प्रहरीले १ लाख २६ हजार ४ बराबरको अमेरिक डलरसहित पक्राउ गरेको हो ।

काठमाडौंबाट चीनको गन्जाउ जान लागेको उनलाई डिपार्चर एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लगेजभित्र लुकाएर राखेर लाँदै गर्दा डलर फेला परेको थियो ।थप अनुसन्धान जारी छ ।

  • 2
    Shares