You are here
Home > समाचार > सोल्टीमोडबाट खुंखार डाका मनिष मानन्धर पक्राउ

सोल्टीमोडबाट खुंखार डाका मनिष मानन्धर पक्राउ

१३ कार्तिक २०७५, मंगलवार १४:५५

काठमाडौं, १३ कार्तिक प्रहरीले काठमाडौंको सोल्टीमोडबाट खुंखार डाका ‘कट्टु’ भन्ने मनिष मानन्धरलाई पक्राउ गरिएको छ।
२८ वर्षीय मानन्धरलाई काठमाडौको सोल्टीमोडबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिए।
प्रहरीका अनुसार मानन्धरलाई नौ पटक मुद्दा चलाएको थियो । उनी सात बर्ष जेल बसेर निस्केका थिए । महानगरीय वृत्त कालिमाटीमा प्रहरीले उनलाई २०६३ र ०६५ सालमा डाकाअन्र्तगत मुद्धा दायर गरेपछि उनी फरार रहेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख वसन्त लामाले मानन्धर खुंखार अपराधी भएकाले प्रहरीले उनको खोजी कार्य जारी राखेको बताए।

  • 2
    Shares