You are here
Home > समाचार > काभ्रे कार दुर्घटनाः अनुसन्धानका लागि ५ सदस्यीय छानविन समिति गठन

काभ्रे कार दुर्घटनाः अनुसन्धानका लागि ५ सदस्यीय छानविन समिति गठन

१३ कार्तिक २०७५, मंगलवार १६:१९

काठमाडौं-काभ्रेको मण्डनदेउपुर नगरपालिका-६, भाङ्गेटारमा भएको सवारी दुर्घटनामा प्रहरी नायब महानिरीक्षक (डीआईजी)सुशीलकुमार भण्डारी सहित तीन जनाको ज्यान जाने गरि भएको दुर्घटना शंकास्पद भएको भन्दै अनुसन्धान थालिएको छ।

‘शंकास्पद लागेर थप अनुसन्धान थालेका छौं,’ काभ्रे प्रहरी प्रमुख एसपी रविराज खडकाले भने, ‘दुर्घटना हो वा योजनाबद्ध हो भन्ने अनुसन्धानपछि पत्ता लाग्छ।’ काभ्रे प्रहरीले डीएसपी दीपक गिरीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको एसपी खडकाले जानकारी दिए।

आइतबार प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, एसपी खडका, पत्रकार महासंघलगायत सरोकारवालाको टोली ‘अवलोकन’ का लागि घटनास्थल पुगेको थियो।

कत्तिक १० गते मण्डन देउपुर–६ मा भएको दुर्घटनामा भण्डारीसहित पत्रकार जीवन पराजुली र नेपाल ट्रेड युनियन कांग्रेस ३ नं प्रदेश अध्यक्ष विनोद कार्कीको मृत्यु भएको थियो।

  • 15
    Shares