You are here
Home > प्रशासन > १४ सहसचिवहरुको काज सरुवा (को कहाँ परे?)

१४ सहसचिवहरुको काज सरुवा (को कहाँ परे?)

१४ कार्तिक २०७५, बुधबार १०:४५

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ सहसचिवहरुको काजमा सरुवा गरेको छ । प्रदेश ७ का मुख्यमन्त्री कार्यालयका प्रदिपराज कँडेललाई गृह मन्त्रालयमा, प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्रालयका पुष्करराज पन्तलाई लोकसेवा आयोगमा, प्रदेश ५ का मुख्यमन्त्री कार्यालयका दिपेन्द्र काफ्लेलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा र कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्रालयका डा मानबहादुर विकेलाई प्रदेश ५ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयमा काजमा सरुवा गरिएको छ ।

त्यस्तै, प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा योजना मन्त्रालयका सनतकुमार दुवाडीलाई सोही प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका कृष्णप्रसाद ज्ञावालीलाई प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयमा, प्रदेश नम्बर ७ का प्रदेश कार्यालयका प्रमुख युवराज सुवेदीलाई राष्ट्रिय महिला आयोगमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, गृह मन्त्रालयका गोकर्णमणि दुवाडीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका बिजुकुमार श्रेष्ठलाई राष्ट्रिय योजना आयोगमा, संघीय मामिला तथा सामान्य प्रशासनका अतिरिक्त समूहमा रहेका रामकृष्ण गुरागाईलाई लोकसेवा आयोगमा, संघीय मामिलाकै गिरिजा शर्मालाई भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरूवा गरिएको छ ।

यस्तै उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, गण्डकीका प्रदेश प्रमुख कार्यालयका देवीप्रसाद ज्ञावालीलाई संचार तथा सूचना प्रविधि मन्त्रालय, नेपालगञ्ज उपमहानगरपालिकाका तोयानारायण सुवेदीलाई कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

  • 4
    Shares