You are here
Home > समाचार > किसानको उखुको रुपैयाँ नतिर्ने व्यापारी राकेश अग्रवाल पक्राउ

किसानको उखुको रुपैयाँ नतिर्ने व्यापारी राकेश अग्रवाल पक्राउ

१४ कार्तिक २०७५, बुधबार ११:३४

काठमाडौं- वर्षौदेखि किसानको उखुको पैसा नतिर्ने व्यापारी राकेश अग्रवाल पक्राउ परेका छन् । करिब ४६ करोड पैसा नतिरेको किसानको जाहेरीका आधारमा अग्रवाललाई बुधबार काठमाडौंको त्रिपुरेश्वरस्थित उनकै निवासबाट पक्राउ गरिएको गृहमन्त्रालयले जनाएको छ ।

उखु किसानको पैसा नतिरेपछि उनीहरुकै जाहेरीको आधारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयले अग्रवाललाई पक्राउ गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको थियो ।

गृह मन्त्रालयले जिल्ला प्रशासन सर्लाहीमा व्यापारी अग्रवाललाई किसानहरुको पैसा तिरिदिन ताकेता गरेको थियो । जिल्ला प्रशासनको ताकेतापछि पनि पैसा नतिरेपछि अग्रवाललाई पक्राउ गर्न गृहले निर्देशन दिएको हो ।

  • 1
    Share