You are here
Home > खेलकुद > पीपीएलः धनगढी माथि चितवनको शानदार जित

पीपीएलः धनगढी माथि चितवनको शानदार जित

१४ कार्तिक २०७५, बुधबार १२:५४

पोखर-प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा चितवनले धनगढीलार्इ १२६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। चितवनले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा धनगढी निर्धारित २० ओभर नखेलि १६.२ ओभरमा ६७ रनमा समेटिएको हो ।

धनगढीका कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । ओपनर दिलिप नाथ र अनिल शाह खाता नखोलि आउट भए। पिटर टेग्रोले २७ रन कप्तान दीपेन्द् सिंह ऐरीले १ रन , सन्दीप जोरा ८ रनको योगदान गरे ।

चितवनका लागि सन्नि पटेलले सर्वाधिक ४ विकेट लिए । करण केसी र शक्ति गोचनले १\ १ विकेट लिए । भुवन कार्की र स्मित पटेले २\२ विकेट लिए ।

यसअघि टस हार्दै ब्याटिङको निम्तो पाएको चितवनका लागि ओपनर हरिशंकर शाहले ३३ बलमा ५३ रन र अनिल शाहले ३४ बलमा ३७ रनको योगदान गरे । कप्तान पारस खड्काले १९ रन, सन्नि पटेलले २६ रन र करण केसीले ११ रनको योगदान गरे। धनगढीका लागि दिपेन्द सिंह एेरि , ड्यान लरेन्स, योगेश कार्की र मनजित श्रेष्ठले समान १र१ विकेटको लिए।

आज हुने दोस्रो खेलमा अंक तालिकाको पहिलो स्थानमा रहेको बुटवल ब्लास्टर्स र प्रतियोगितामा कुनै खेल नजितेको विराटनगर टाइटन्स आमनेसामन हुनेछन् । खेल दिउँसो १ बजे हुनेछ ।

  • 5
    Shares