You are here
Home > समाचार > भन्सार छलेर ल्याउँदै गरेको सामान एपीएफद्धारा बरामद

भन्सार छलेर ल्याउँदै गरेको सामान एपीएफद्धारा बरामद

१४ कार्तिक २०७५, बुधबार १३:०२

कैलाली-भन्सार छलेर ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। मंगलबार राति २ बजे भन्सार छलेर ल्याउँदै गरेको करिब दुई लाख मूल्य बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

कैलालीको कैलारी गाउँपालिका हसुलियाबाट सामन बरामद गरिएको सशस्त्र प्रहरी गण नम्बर ३४ कैलालीका प्रमुख विष्णुप्रसाद भट्टले जानकारी दिए। विशेष सूचनाका आधारमा मोटर साइकलमा ल्याउँदै गरेको पटाका, फेन्सी तथा अन्य किराना सामग्री बरामद भएको हो।

नियमित चेकजाँचसँगै चाडबाडको मौका छोपेर हुन सक्ने तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी विशेष योजना बनाएरै सक्रिय रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक भट्टले बताए।

  • 11
    Shares