You are here
Home > समाचार > सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजीमा बढुवा

सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजीमा बढुवा

१४ कार्तिक २०७५, बुधबार १३:३४

काठमाडौं-गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना एसएसपीलाई बिहीबार डीआईजीमा बढुवा गरेको छ ।

बढुवा हुनेमा क्रमशः प्रजाभक्त श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र गोविन्द क्षेत्री रहेका छन्। बढुवा समितिले ६ कात्तिकमा उनीहरुलाई बढुवा गर्न सिफारिस गरेको थियो ।बुधबार उनीहरुलाई आइजिपी शैलेन्द्र खनालले फूली लगाइदिदै छन् ।

  • 56
    Shares