You are here
Home > समाचार > प्रधानसेनापति थापाद्धारा संसदीय समितिलार्इ समसामयिक विषयमा जानकारी

प्रधानसेनापति थापाद्धारा संसदीय समितिलार्इ समसामयिक विषयमा जानकारी

१४ कार्तिक २०७५, बुधबार २०:४०

काठमाडौं-नेपाली सेनाले संघीय संसद, राज्य व्यवस्था तथा सुशासन समितिलाई समसामयिक विषयमा प्रधानसेनापति पूर्णचन्द थापाले जानकारी गराएका छन्।

उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको समेत उपस्थितिमा प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगीअड्डामा जानकारी गराएका हुन्।

प्रधानसेनापतिसँगै सेनाको विभिन्न विभागका विभागीय रथीहरूले सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठमाडौं–तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजना र नेपाली सेनाको संगठन तथा नीति नियम सम्बन्धी प्रस्तुतिकरण गरेका थिए।

साथै उक्त अवसरमा नेपाली सेनालाई समय सापेक्ष आधुनिकीकरण र पेशागत व्यवसायीकरण गर्न अवलम्बन गर्नु पर्ने विषयमा छलफल समेत भएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

  • 17
    Shares