You are here
Home > समाचार > १७ लाख रुपैयाँ बराबरका रिचार्ज कार्ड चोरी गर्ने एक जना पक्राउ

१७ लाख रुपैयाँ बराबरका रिचार्ज कार्ड चोरी गर्ने एक जना पक्राउ

१५ कार्तिक २०७५, बिहीबार ११:११

काठमाडौं-दाङमा १७ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले रिचार्ज कार्ड चोरी गर्ने रोल्पाको मालि गाउँपालिका–१ का २१ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरेको हो।

उनलाई नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी भएको २१ दिनपछि इलाका प्रहरी कार्यालय थवाङको सहयोगमा दाङ प्रहरीले पक्राउ गरेको हो। पुनले रिचार्ज डिलरले गाडीमार्फत एक ठाउँबाट अर्को ठाउँ रिचार्ज कार्ड लिएर जाँदै गरेको बेला बिचबाटो बाटै कार्ड चोरेको दाङका एसपी कृष्णहरि शर्माले जानकारी दिए।

उनले दाङमा चोरी गरेका रिचार्ज कार्डहरु रोप्लाको थवाङ गाउाँलिकामा लगेर बेच्ने गरेको पाइएपछि रोल्पा प्रहरीसँग समन्वय गरेर पक्राउ गरिक्एो दाङ प्रहरीले जनाएको छ।

उनले चोरी गरेका रिचार्ज कार्डहरु प्युठानको स्वर्गद्धारी गाउँपालिका–७ स्थित ससुराली घरमा लुकाएर राख्ने गरेको प्रहरीले जनाएको छ। पुनको ससुराली घरमा खानतलासी गर्दा प्रहरीले ठूलो मात्रामा रिचार्ज कार्ड बरामद भएको जनाएको छ।

  • 3
    Shares