You are here
Home > समाचार > लागुऔषध सहित दुई जना पक्राउ

लागुऔषध सहित दुई जना पक्राउ

१५ कार्तिक २०७५, बिहीबार १४:२९

बुटवल-रुपन्देहीको देवदहमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन । मंगलबार रुपन्देहीको देवदह र नवलपरासीको सुनवल जोड्ने कजरार खोला पुलमा शंका लागि चेक गर्दा ग १ प ८००२ नंम्बरको मोटसाइकलमा खैरेनी तर्फ आउँदै गर्दा पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा देवदह–१ शंकरपुरका १८ बर्षिय मोहमद आलम र भारत महारागञ्जका २० बर्षिय सौमान अहमद रहेको देवदह प्रहरी चौकीका साहायक प्रहरी निरीक्षक टोप बहादुर रानाले जानकारी दिए। उनीहरुको साथबाट ८८ थान डाइजेपाम, ९५ थान नोफिन र ८८ थान फेनेरागन बरामद गरीएको छ ।

उनीहरुले लागुऔषध ल्याए वापत ५ हजार रुपैयाँ पाउने आशामा आफुहरुले भरीया काम गरेको बताएका छन ।

उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको प्रहरीले बताएको छ ।त्यस्तै गरी पश्चिम नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वडा नं ९ भानुनगरमा जाँच गर्ने क्रममा युपी ५६ एए १८४१ नं को भारतीय मोटरसाइकलमा सवार सरावल गाउँपालिका–२ बस्ने २३ वर्षीय मनोज यादव र सोही ठाउँमा बस्ने २८ वर्षीय मुन्नीप्रसाद केवटबाट लागु औषध बरामद गरेको हो।

  • 6
    Shares