You are here
Home > समाचार > प्रदेश ७ मा दुई राज्यमन्त्री र एक मन्त्री थप्ने तयारी

प्रदेश ७ मा दुई राज्यमन्त्री र एक मन्त्री थप्ने तयारी

१५ कार्तिक २०७५, बिहीबार १५:१७

कैलाली,१५ कार्तिक-सुदूरपश्चिम प्रदेश सरकारले तेस्रो पटक मन्त्रीपरिषद विस्तारको तयारी गरेको छ ।प्रदेश सरकार गठन भएको एक वर्षसम्म पनि काम गर्न नसकेको भन्दै आलोचना खेपिरेको सरकारले यस्तो तयारी थालेको हो।

प्रदेश मन्त्रीपरिषदमा दुई जना राज्यमन्त्री र एक मन्त्री थप्ने तयारी भएको नेकपा पार्टी स्रोतले जनाएको छ।प्रदेश सभाको सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्री नियुक्त गर्न सकिने संविधानमा उल्लेख भएअनुसार नेकपाले मन्त्रीपरिषद विस्तारको तयारी गरेको हो ।

सुदूरपश्चिम प्रदेशसभामा अहिले ५३ सदस्य छन् । संविधानमा उल्लेख भएको प्रावधानअनुसार प्रदेशमा ११ जना मन्त्री बनाउन सकिने छ ।अहिले मुख्यमन्त्री सहित ७ जना मन्त्री र एकजना राज्यमन्त्री गरी ८ जनाको मन्त्रीपरिषद छ ।

  • 4
    Shares