
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पूर्ण सुधार आइसकेको शिक्षण अस्पतालले दाबी गरेको छ। त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको उपचारमा संलग्न डाक्टरले बताएका हुन । तर प्रधानमन्त्री ओली अस्पतालबाट कहिले डिस्चार्ज हुन्छन भन्ने कुराको टुंगो भने अझै लागिसकेको छैन ।
उपचारमा संलग्न डा.अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीलाई दिदै आएको औषधीको डोज आज साँझ सकिने र त्यसपछि मात्रै डिस्चार्जको टुंगो लाग्ने बताए ।
‘प्रधानमन्त्री ज्यू को स्वास्थ्यमा सुधार आइरहेको छ औषधीको डोज आज साँझ सकिन्छ त्यसपछि आजै साँझ डिस्चार्ज गर्ने कि भोली बिहान गर्ने भन्ने कुराको टुंगो लाग्नेछ,’ डा. सायमीले भने ।
- 7Shares