You are here
Home > समाचार > प्रधानसेनापतिसँग अमेरिकी र जर्मनीका राजदुतद्धारा भेटवार्ता

प्रधानसेनापतिसँग अमेरिकी र जर्मनीका राजदुतद्धारा भेटवार्ता

१६ कार्तिक २०७५, शुक्रबार १९:४७

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापासंग काठमाण्डौस्थित अमेरिकी र जर्मनीका राजदूतहरुले भेटवार्ता गरेका छन् । सैनिक मुख्यालय भद्रकालीमा शुक्रवार अमेरिकी राजदूत रेण्डी बेरी र जर्मन राजदूत रोलाण्ड सेफरले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका हुन्।

नेपाली सेनाको सैनिक जनसम्र्पक निर्देशनालयले उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदुतहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाएको छ ।

भेटमा अमेरिकी राजदूतसंग सैन्य क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा समेत छलफल भएको थियो ।

  • 35
    Shares